प्लाष्टिकका फूल विक्री गर्न काठमाडौं महानगरले लगायो प्रतिबन्ध
काठमाडाैं | कात्तिक १३, २०८१
काठमाडौं महानगरपालिकाले स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गर्दै प्लाष्टिकका फूल विक्री गर्न रोक लगाएको छ ।
स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा फूल विक्री वितरण गर्न व्यवस्था मिलाएको हो ।
प्लाष्टिकजन्य फूल तथा सजावटका समाग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवद्र्धन गरिएको महानगरले जनाएको छ ।
मेयर बालेनले भनेका छन्, ‘हामी व्यापारीहरूलाई प्लाष्टिकका फूल तथा अन्य सजावटका समाग्री विक्री वितरण नगर्न नगराउनुहुन अनुरोध गर्दछौँ । यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुनेछ यससँगै सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्नुहुन अनुरोध गर्दछौँ ।’
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

